भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण « Khabarhub

भारतीय विमानमा बम रहेको हल्लापछि बेलायतमा आकस्मिक अवतरण


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– भारतको मुम्बईबाट अमेरिकाको नेवार्क शहरका लागि उडेको भारतीय विमानमा बम रहेको हल्ला फैलिएपछि बेलायतमा आकस्मिक अवतरण गरिएको छ ।

एअर इण्डियाको फ्लाइट एआई १९१ लण्डन स्टान्स्टेड विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । बेलायती अधिकारीका अनुसार एअर इण्डियाको बोइङ ७७७–३३७ विमानमा बम रहेको हल्ला फैलेपछि बेलायती सेनाको टाइफुन लडाकु विमानले स्कर्ट गरी लण्डन स्टान्स्टेड विमानस्थलमा अवतरण गरिएको थियो ।

उक्त विमान उडेपछि मुम्बई विमानस्थलमा एकजनाले विमानमा बम रहेको हल्ला फैलाएपछि आतंक मच्चिएको थियो । पछि विमानमा कुनै बम नभएको पुष्टि भएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : २७ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००