‘नागरिकता विधेयकमा राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भयो’ « Khabarhub

‘नागरिकता विधेयकमा राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भयो’


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक भएको दाबी गरेका छन्।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय राष्ट्र हित अनुकूल रहेको बताएका छन्।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान संरक्षकको जिम्मेवारी  निर्वाह भएको पनि जिकिर गरेका छन्। ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैङ्गिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्र हित अनुकूल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’ उनले लेखेका छन्।

 

प्रतिनिधिसभाको चालु अधिवेशन समाप्त भइसकेका नागरिकता विधेयक मंगलबार रातिबाट निष्क्रिय भएको बताइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ४५ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको