काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लघंन गरेको टिप्पणी गरेका छन्।
संसदबाट दुई-दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले बताए।
‘संसदको दुबै सदनबाट दुई/ दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
प्रतिक्रिया