धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती « Khabarhub

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

झापा- भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यति बेला मकै खेती गरेका छन्।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”

उनले प्रतिबिघा वार्षिक रूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अलि डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए।

यादवले एउटै मकैको बोटमा दुई वटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए। उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए। भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकडभिट्टालगायतका सडक पेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकै खेती आफूले सुरु गरेको उनको तर्क छ । “गर्दा यही हुँदो रहेछ”, उनले भने “व्यापारीले पनि भारत पुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकै खेती गर्दा हुन्छ ।”

कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यति बेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए। उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदो रहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ४१ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा