तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको राष्ट्रसंघको आरोप « Khabarhub

तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको राष्ट्रसंघको आरोप


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ ।

तालिबान अधिकारीले आफ्ना महिला कर्मचारीलाई धम्क्याएको एवम् दुर्व्यवहार गरेको राष्ट्रसंघले आरोप लगाएको हो ।

‘संयुक्त राष्ट्रसंघका अफगान महिला कर्मचारीमाथि अधिकारीले दुव्र्यवहार गर्ने गरेको देखिएको छ ।’ अफगानिस्तानमा राष्ट्रसंघीय सहयोग नियोग युनामाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि तालिबानले राष्ट्रसंघका तीन महिलालाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

‘आफ्ना अफगान महिला कर्मचारीमाथि धम्की एवम् दुर्व्यवहारका कार्य तत्काल बन्द गर्न राष्ट्रसंघ आह्वान गर्दछ ।’ युनामाको विज्ञप्तिमा जनाइएको छ ।

यता तालिबानले भने राष्ट्रसंघको आरोप खण्डन गरेको छ । तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले राष्ट्रसंघको आरोप असत्य भएको प्रतिक्रिया दिएका छन् ।

‘युनामाले जारी गरेको सूचनामा सत्यता छैन… कसैलाई पनि नियन्त्रणमा लिइएको छैन ।’ करिमीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द न्यूज अनलाइनले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : २८ बजे

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा– हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

धादिङ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण