दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा | Khabarhub Khabarhub

दुबईमा कार धुने नेपालीलाई साढे ३४ करोड रुपैयाँ चिट्ठा



दोहा – संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३४ करोड ५० लाख नेपाली रुपैयाँ पुरस्कार जितेका छन्।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले यूएईको चर्चित मजुज चिट्ठा जितेका हुन्। यो चिट्ठा जित्ने बिक पहिलो नेपाली रहेको बताइएको छ। साप्ताहिक रूपमा खुल्ने यो चिट्ठामा उनले दुई वर्षदेखि चिट्ठा काटिरहेका थिए।

मजुजका सीईओ फरिद सामजीले प्रतीकात्मक चेक हस्तान्तरण गर्ने कार्यक्रममा उनले भने, ‘म अत्यधिक उत्साहित छु। यो १० मिलियन दिराम पुरस्कारले मलाई धेरै परिवर्तन गर्न सक्षम बनाउने छ। यसले मेरो जीवनमा ठूलो परिवर्तन गर्नेछ।’ अहिले आफू करोडपति भए पनि सादा जीवन बाँच्ने बताए।

उनले थपे, ‘म मेरो ऋण र अन्य बाँकी पैसा बालबच्चाको पढाइमा खर्च गर्नेछु।’ चिट्ठा जित्ने आसमा धेरै नेपालीहरूले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै मजुजका सीईओ सामजीले बिकको जीतले नै नेपाली समुदायमा खुसी छाएको बताएको गल्फ न्युजले जनाएको छ।

अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिट्ठा जितिसकेका छन्। जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिट्ठा जितेको सीईओ सामजीले बताए। बिक मासिक १३ सय दिराममा त्यहाँको एक कम्पनीमा कार धुने कम्पनीमा कार्यरत रहेका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ५३ बजे

स्याफ्रुबेँसी-रसुवा सडक : ९० प्रतिशत काम सम्पन्न, स्थानीयलाई राहत

रसुवा– स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम

विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ  

काठमाडौं–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं– सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस

सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई

रास्वपाको हस्ताक्षर अभियानबाट अदालतको अवहेलना आकर्षित हुन्छ : राजेन्द्र बजगाईं  

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभामा नीतिगत बहस र