अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा « Khabarhub

अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रसुवा– पहिराका कारण गत साउन २५ गतेदेखि अवरुद्ध  पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको  डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री  भित्र्याउन,  खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ-रसुवा सिधा बससेवा सञ्चालन गराउन  सहज भएको छ ।

सुरूमा त्रिशूली- सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक विसं २०४० मा निर्माण गरिएको थियो ।

तर उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले विकराल रूप सडक क्षति भएको थियो । यसबाट  धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक क्षति पश्चात् तत्कालीन समयमा सम्पन्न गोसाइँकुण्डको विशेष धार्मिक मेलाका यात्रु समेत प्रभावित बन्न पुगेको थिए । बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडक प्रारूप तयार गराई सञ्चालनमा ल्याइएको हो । सो कार्यालय प्रमुख डिभिजनल इञ्जिनीयर अमृतमणि रिमालले आजदेखि बनुवा धुम्ती क्षेत्रको पासाङल्हामु सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा आजैदेखि  सिधा  यातायात सञ्जाल जोडिएको छ । क्षतिग्रस्त सडक ४४ दिनको अह्रोरात्र प्रयासले ग्याबिन पर्खाल लगाइएको जनाइएको छ । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीले  हिलो सडक व्यवस्थापन गर्न केही समय लाग्ने जानकारी दिए । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ३ : ३६ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज