इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या « Khabarhub

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इलाम- चुलाचुली गाउँपालिका–५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

झ्याम्ले समेतका ५÷७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए ।

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : १३ बजे

‘जिम्मेवारी पाउँदा युवाले राम्रो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हामी हौँ’

काठमाडौं- २०७९ को निर्वाचनमा निशा डाँगी कान्छी माननीयका रुपमा राष्ट्रिय

१३ स्थानीय तह बालश्रममुक्त घोषित, ६ औद्योगिक प्रतिष्ठान र ७ उद्यमी सम्मानित

काठमाडौं – सरकारले बालश्रम अन्त्य, सुरक्षित कार्यस्थल निर्माण र स्वदेशमै उद्यमशीलता

दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति

दोहा- कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

  काठमाडौं- अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले