एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक | Khabarhub Khabarhub

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा उक्त प्याकहरू सञ्चालनमा ल्याएको हो ।  

यी प्याकहरू शुक्रबार देखि लागू हुने छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 

१ दिनको भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले कर सहितमात्र ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्ने छन् । आफ्नो आवश्यकताअनुसार बढि समयावधि चाहिने ग्राहकले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहितमात्र ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल  गर्न सकिने जनाइएको छ । सकिने छ । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकका लागि  चाडपर्वको अवसरमा यी प्याकहरू ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको समेत एनसेलले जनाएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ५ : ५८ बजे

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै