असंवैधानिक कदमको सुरुवात रामवरणबाट भएको थियो : बाबुराम भट्टराई « Khabarhub

असंवैधानिक कदमको सुरुवात रामवरणबाट भएको थियो : बाबुराम भट्टराई


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको सुरुवात तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेको आरोप लगाएका छन् ।

बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको बताउँदै त्यतिबेला राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको सुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ।

‘त्यतिबेला हामीलाई के आरोप लगाइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए। वास्तवमा दुई वटा सेनाको ठिक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो,’ भट्टराईले भने, ‘तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले रोकियो। पछिल्लो समय अहिले राष्ट्रपतिको असंवैधानिक कदम आएको छ। तर असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो।’

उनले तत्कालीन विद्रोही माओवादी र सत्तारुढ दलहरुका बीचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको पनि बताए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ९ : ५० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित