शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि | Khabarhub Khabarhub

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् ।

जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको अवस्थाबारे जानकारी लिन जाने गरेका छन् । कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेका छन् । विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सिता थापाले जानकारी दिए ।

उपप्रमुख थापा नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको बताउँछन् । नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कनलगायत अवस्थाबारेमा जानकारी लिने गरिएको छ ।

निरीक्षणपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘शैक्षिक क्रियाकलाप गुणस्तरीय र उपलब्धीमुलक बनाउन आवश्यक छ, यसमा हामी सक्दो सहयोग गछौँ’, उनले भने ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५५ बजे

क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता

सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

जलेश्वर– भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन

चितवनमा बिहीबारदेखि ‘मह उत्सव’

चितवन– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।