चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ « Khabarhub

चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि नयाँ काम शुरु गर्नुअघि मानिसहरु प्रायः दुविधामा हुन्छन् । यस कामले सफलता देला कि नदेला भन्ने मनमा चिन्ता हुन्छ । चाणक्य नीतिलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । यस्तो भनिएको छ चाणक्य नीतिमा-

१ तीन सोच–कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ– काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।

२ क्षमताको लेखाजोखा– काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

३ जिभ्रोमा नियन्त्रण– सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

४ दुश्मनलाई साथी बनाउने– मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

५ शरीरको हेरचा– भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफू स्वस्थ छु कि छैन । सचेत हुनोस् ।

६ ज्योतिषीसँग परामर्श–काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

७ पत्नीसँग सल्लाह–विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

८ रहस्य लुकाउनुस्–काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

९ अशिष्ट पनि बन्नुपर्छ–जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १२ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा