एकथरी मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड | Khabarhub Khabarhub

एकथरी मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन् : प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् ।

अखिल नेपाल किसान महाससंघ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘एकथरी मान्छेहरू बसेर रातदिन धुप हालेर बस्छन् प्रचण्ड सिद्धियोस् भनेर’, प्रचण्डको भनाइ छ, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाए । ‘चाहे युद्धकालमा होस्, चाहे शान्ति कालमा होस्, संविधान निर्माण र संविधान कार्यान्वयनको बेला होस्, जसले नेतृत्वदायी भूमिका खेल्यो त्यसैमाथि किन प्रहार भएको छ ?’

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ५८ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५