महानगरका आठ वडामा क्षयरोग जाँच निःशुल्क « Khabarhub

महानगरका आठ वडामा क्षयरोग जाँच निःशुल्क


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो ।

सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो । जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौँ महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

समाजमा लुकेर रहेका क्षयरोग बिरामीलाई स्वास्थ्य उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौँ महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच निःशुल्क गर्ने जनाएको छ । कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य हो ।

यस्तै, जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ ।
सो संस्थाले बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : १९ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्