नारायणी नदी संरक्षणका लागि जल संवाद « Khabarhub

नारायणी नदी संरक्षणका लागि जल संवाद


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले नदीका कारण धेरै सम्भावना भएको बताएका छन् । 

बिहीबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना ’सम्बन्धी तेस्रो जल संवाद कार्यक्रममा सरोकारवालाले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाले सम्भावनासँगै चुनौती थपेका बताए । नदीका कारण बाढी, पहिरो र भूक्षयको जोखिम भएको उल्लेख गर्दै उनले खोलानाला तथा जलाधार क्षेत्रको संरक्षण गरेमा मात्रै मानव जातिको अस्तित्व रहने बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण शाखाका जानुका केसीले भरतपुरको फोहोर व्यवस्थापनको काम भइरहेको बताए । अहिले भरतपुरका विभिन्न स्थानबाट संकलन भएको फोहोर नदी किनारमा लगेर फालिएको भए पनि यसको दीर्घकालीन समाधान महानगरले खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोष नेपालको पानी कार्यक्रम अधिकृत अरुण देवानले सहरीकरण बढ्दै गएको अवस्थामा नदी संरक्षणमा चुनौती थपिएको बताए ।  उनले संवाद कार्यक्रम गर्दा नदी तटीय क्षेत्रका प्रभावित र सरोकारवालाबीच कुराकानी हुनसक्ने भएकाले जलाधार क्षेत्रको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सञ्जाल गठन

‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सञ्जालले कार्ययोजना तथा विधान निर्माण गरेर नदी तथा जलाधार क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि सार्ने बताइएको छ । जलाधार क्षेत्र संरक्षणसम्बन्धी पैरवी गर्दै संरक्षणसम्बन्धी गतिविधि गर्दै अघि बढ्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ । 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ३९ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास