समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा कांग्रेस नेता बस्नेतको आपत्ति « Khabarhub

समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा कांग्रेस नेता बस्नेतको आपत्ति


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् । समानुपातिकमा आफ्नो दावी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तिमार्फत माग गरेका छन् । 

तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दावी गर्दै आएका छन् । उनले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दावी नरहेको प्रष्ट पारेका छन् । बन्दसूचीमा नाम समावेश गर्नु अघि आफूलाई एकपटक पनि नसोधिएको उनको भनाइ छ । ‘कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।’ उनले भने ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : १२ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको