दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर मधेसमा एमाले पहिलो शक्ति बन्ने ओलीको दाबी, निर्वाचन आयोगलाई सरकारले दियो १० अर्बको स्रोत सुनिश्चितता, बाबुरामसँग मिलेर देशलाई समाजवादको नयाँ ‘मोडेल’ दिने प्रचण्डको भनाइ, शहरी बिकासमन्त्री मेटमणि चौधरी लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

मधेसमा एमाले पहिलो शक्ति बन्ने ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाएका छन ।

आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

एमालेलाई साथ दिए मधेसको विकास हुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले विगतमा कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको भन्दै एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिले तोड्ने बताए । ओलीले रेलमार्ग सञ्चालन र विस्तारको नेतृत्व गरेकोमा एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई धन्यवाद समेत दिए ।

निर्वाचन आयोगलाई सरकारले दियो १० अर्बको स्रोत सुनिश्चितता

सरकारले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनको लागि अर्थ मन्त्रालयले सो बराबरको बजेट सुनिश्चित गरेको हो ।

निर्वाचन सम्पन्न गर्नको लागि आयोगलाई आवश्यक पर्ने बजेटको लागि स्रोत सुनिश्चितता गरिएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । अर्थ मन्त्रालयको जिम्मेवारी नै सरकारका प्रमुख कार्यहरू सम्पन्न गर्न बजेटको व्यवस्था गरिदिने र बजेट कार्यान्वयनमा सहजीकरण गर्ने भएकोले सोही अनुसारको कार्य गरिएको प्रवक्ता काफ्लेले बताए ।

यस्तै, मन्त्रालयले निर्वाचन प्रयोजनको लागि सवारी साधन खरिद गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई गरी १ अर्ब १२ करोड ५० लाख रुपैयाँ दिएको छ ।

बाबुरामसँग मिलेर देशलाई समाजवादको नयाँ ‘मोडेल’ दिने प्रचण्डको भनाइ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए ।

आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब देशमा फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पारे ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार  काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे ।

‘अमेरिका, चीन र भारतबीचको तानातानले नेपालमा भूराजनीतिक संकट’
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन । समाजवादी पार्टीले चाडबाडको अवसर पारेर आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन ।

अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए । उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको तर्क गरे । अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।

शहरी बिकासमन्त्री मेटमणि चौधरी
शहरी बिकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ ।

शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केहि स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको हो । अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाई हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए ।

उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरुका कारण आवातजावतमा कठिनाई भएको पाइएकाले यस बिषयमा प्राधिकरणसंग छलफल गर्ने बताए । त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले केहि समय अघि सडकमा रहेका निर्माण समाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।

देउवाले आयातीतहरूलाई समानुपातिकमा राखेको शेखर समूहका नेताको आरोप
नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभामा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी समानुपातिकमा सिफारीस गरेको बताएका छन्।

नेताहरु समानता र न्यायका लागि खबरदारी सभा आयोजना गरिएको नेताहरुको भनाइ छ। लामो समय त्याग तपस्या गरेका नेताहरुलाई पाखा लगाइएको उनीहरु बताउँछन्। नेताहरुले देउवा एउटा गुटको नेतामात्रै बनेको आरोप लगाए ।

नेताहरुले नेपाली कांग्रेस एक भएर जाने हो भने गठबन्धनको आवश्यकता नरहेको बताए। उनीहरुले जनता र कार्यकर्तालाई केन्द्रबिन्दु नराखिएको बताए। कार्यक्रममा शीर्ष नेताहरुको भने सहभागी छैन।

राष्ट्रपतिको कदमविरुद्ध सिके राउतद्वारा चरणबद्ध आन्दोलनको घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।

त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जनमत पार्टीले आन्दोलन घोषणा गरेको जनाएको छ ।

कार्यक्रम अन्तर्गत असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाकारी दिए छन् ।

विवेकशील साझाले काठमाडौं २ बाट थापालाई उम्मेदवार बनाउने
विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो ।

धनेज थापा पिएचडी स्कलर हुन्। उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन– विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छन् । पछिल्लो समय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका छन् ।

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो
देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ ।

लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ । भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

थप ७४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ४१२६ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२३४ र एन्टिजेनबाट २८९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ र एन्टिजेनबाट ४५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । थप ११६ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १२८३ पुगेको छ ।

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द, सेवाग्राही समस्यामा
बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्म सेवा बन्द भएको जनाएको छ। विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ५८ बजे

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोनल गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला