पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीको अल्टिमेटम | Khabarhub Khabarhub

पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीको अल्टिमेटम


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन्। उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन्।

नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन्।

लुम्बिनी होटल तथा पर्यटन व्यवसायीको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो।

विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वर्षिक लाखौं पर्यटक आउने भए पनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको छ। सरकारले रात्रीकालीन बजारको अवधारणा ल्याउदा सार्वजनिक ठाउ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फाहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको छ।

हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आत्तुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न नसकेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने।

कोभिडले शून्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ। सबैभन्दा प्रभावित क्षेत्र पर्यटन पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्छ। केही मात्रमा आएका पर्यटकलाई पनि हामीले घुम्ने वातावरण बनाउनु जरुरी रहेको छ।

प्रचार प्रसारको माध्यमबाट पर्यटन आगमनलाई सहज बनाउदै सरकारबाट हुनुपर्ने कतिपय सुधारका काम निजी क्षेत्रले गरिरहेको छ। लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले हामीले स्थानीय सरकारलाई १५ दिन भित्र वतावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको होटल संघ नेपालका अध्यक्ष ज्ञवालीले भने।

अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेका छन्।

लुम्वीनी सांस्कृतिक नगरपालीका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तरत्यो क्षेत्र अन्धकारमा छ विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : २१ बजे

रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौं – नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध