निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति | Khabarhub Khabarhub

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्याण तथा प्रधानमन्त्रीको पत्रका अधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, ०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा संवत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

यसैगरी, राष्ट्रपति भण्डारीले आजै सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दुई विधेयक पनि पारित गरेकी छिन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ५७ बजे

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।