भेनेजुएलामा बाढी : ७ जनाको मृत्यु | Khabarhub Khabarhub

भेनेजुएलामा बाढी : ७ जनाको मृत्यु


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण आएको बाढीले धार्मिक जमघटमा सहभागीहरुको एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । मुलुकको ताचिरा राज्यमा घटना भएको भेनेजुएलाका गभर्नरले बताएका छन् ।

प्रोटेस्टेन्ट धार्मिक सम्प्रदाय मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा एक्कासी पानीको सतह बढेर आएको र उनीहरुलाई बगाएको बर्नालले बताए ।

उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं ।

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीज पर्वतमालाको क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ । वर्षााका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ नामक मौसमी घटनासँग सम्बन्धित रहेको जनाएका छन् । प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको उतारचढावका कारण यस्तो हुने बताइन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : १७ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार