आफ्नो अभिनय स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि हुन्न: स्वस्तिमा « Khabarhub

आफ्नो अभिनय स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि हुन्न: स्वस्तिमा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का धेरै फिल्म खेल्दिनन् । सीमित फिल्ममा समय दिएरै काम गर्छिन् । प्रचारका लागि पनि आधा महिना छुट्याउँछिन् । यतिबेला उनी रिलिजको मुखमा रहेको फिल्म ‘बुलबुल’ को प्रचारमा व्यस्त छिन् । फिल्मको गीत र ट्रेलरले दर्शकको ध्यान खिचेको छ ।

उक्त फिल्मको केन्द्रीय भूमिकामा देखिएकी स्वस्तिमाले खबरहबसँगको कुराकानीमा आफूलाई यो फिल्मबाट धेरै प्रतिक्रिया र बधाई पाए पनि आफू भने पूर्ण रुपमा सन्तुष्टि नभएको बताइन् ।

‘फिल्मको कामलाई लिएर प्रतिक्रिया त राम्रो पाइरहेकी छु, तर आफूले स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि चाहिँ मिलेको छैन, मलाई हरेक फिल्ममा यस्तै लाग्छ, अझै राम्रो गर्न सक्थेँ भन्ने लाग्छ’, स्वस्तिमाले खबरहबलाई सुनाइन्, ‘अहिलेको पूरै समय चाहिँ बुलबुलकै लागि दिएकी छु, अडियन्सको फिडब्याकले खुशी छु ।’

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

उनले यो फिल्मबाट आफू निकै आशावादी भएको पनि बताइन् । निर्माण टिमले पनि फिल्मका टिजर, गीत तथा ट्रेलरमा स्वस्तिमालाई नै बढी महत्त्व दिएको छ ।

विनोद पौडेलको कथा, स्किृप्ट तथा निर्देशन रहेको यो फिल्ममा स्वस्तिमालाई विभिन्न भूमिकामा देखाइएको छ । फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ ।

फागुन ३ गतेबाट रिलिज हुने यो फिल्ममा स्वस्तिमाको अपोजिटमा मुकुन भुसालले अभिनय गरेका छन् भने जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारी, एलिना कार्की लगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर:

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ५९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७