आफ्नो अभिनय स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि हुन्न: स्वस्तिमा « Khabarhub

आफ्नो अभिनय स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि हुन्न: स्वस्तिमा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का धेरै फिल्म खेल्दिनन् । सीमित फिल्ममा समय दिएरै काम गर्छिन् । प्रचारका लागि पनि आधा महिना छुट्याउँछिन् । यतिबेला उनी रिलिजको मुखमा रहेको फिल्म ‘बुलबुल’ को प्रचारमा व्यस्त छिन् । फिल्मको गीत र ट्रेलरले दर्शकको ध्यान खिचेको छ ।

उक्त फिल्मको केन्द्रीय भूमिकामा देखिएकी स्वस्तिमाले खबरहबसँगको कुराकानीमा आफूलाई यो फिल्मबाट धेरै प्रतिक्रिया र बधाई पाए पनि आफू भने पूर्ण रुपमा सन्तुष्टि नभएको बताइन् ।

‘फिल्मको कामलाई लिएर प्रतिक्रिया त राम्रो पाइरहेकी छु, तर आफूले स्किृनमा हेर्दा पूर्ण सन्तुष्टि चाहिँ मिलेको छैन, मलाई हरेक फिल्ममा यस्तै लाग्छ, अझै राम्रो गर्न सक्थेँ भन्ने लाग्छ’, स्वस्तिमाले खबरहबलाई सुनाइन्, ‘अहिलेको पूरै समय चाहिँ बुलबुलकै लागि दिएकी छु, अडियन्सको फिडब्याकले खुशी छु ।’

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

उनले यो फिल्मबाट आफू निकै आशावादी भएको पनि बताइन् । निर्माण टिमले पनि फिल्मका टिजर, गीत तथा ट्रेलरमा स्वस्तिमालाई नै बढी महत्त्व दिएको छ ।

विनोद पौडेलको कथा, स्किृप्ट तथा निर्देशन रहेको यो फिल्ममा स्वस्तिमालाई विभिन्न भूमिकामा देखाइएको छ । फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ ।

फागुन ३ गतेबाट रिलिज हुने यो फिल्ममा स्वस्तिमाको अपोजिटमा मुकुन भुसालले अभिनय गरेका छन् भने जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारी, एलिना कार्की लगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर:

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ५९ बजे

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

कार्टुन  :

काठमाडौं– समसामयिक राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको एक कार्टुन

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि