रुसको पराजित मानसिकता र क्षेप्यास्त्रको धम्की | Khabarhub Khabarhub

रुसको पराजित मानसिकता र क्षेप्यास्त्रको धम्की


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो भूभाग जोगाउनका लागि आणविक हतियार प्रयोग गर्ने चेतावनी दिइसकेका छन्। यसबाट उनले रणनीतिक रूपमा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने त्रास बढ्न थालेको छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले यस्तो कदम उठाएमा यो दोस्रो विश्व युद्धपछि कै सबैभन्दा ठूलो सैन्य उपस्थिति हुने जनाएका छन्। युद्ध भूमिमा या निश्चित क्षेत्रमा मात्र लक्षित गर्दै प्रयोग गरिने सानो आकारको आणविक हतियार छाड्ने या पठाउनुलाई नै ट्याक्टिकल न्युक्लियर भनिन्छ। बृहत र फराकिलो रूपमा रेडियो विकिरण फैलन नदिएर नै लक्षित स्थानमा मात्र नास गर्ने उद्देश्यका साथ त्यसको प्रयोग गरिन्छ।

यस्ता ट्याक्टीकल हतियार सानोमा १ किलो टनदेखि ठूलोमा १ सय किलो टनसम्मका पनि हुन सक्छन्। यो भन्दा खतरनाक भने स्ट्याट्रेजिक आणविक हो। यो एक हजार किलो टनसम्मको हुन्छ। कुनै एक स्थानबाट प्रहार गरेर यसले धेरै फराकिलो स्थानमा पनि क्षति गर्न सक्छ। हिरोसिमामा सन् १९४५ मा अमेरिकाले खसालेको एटम बम १५ किलो टन थियो।

अमेरिकी गुप्तचर निकायका अनुसार रुससँग दुई हजार ट्याक्टील आणविक हतियार छन्। अन्य मिसाइल जस्तै यसलाई विभिन्न स्थानमा छाड्न सकिने छ।

यसलाई एयर क्राफ्ट या जहाजबाट पनि छाड्न सकिने छ। धेरै टाढाबाट छाडेपछि यसले परम्परागत रूपमा झैँ विस्फोट गराउन सक्छन्। अमेरिकाले पाएको जानकारी अनुसार अहिले रुसले यसको प्रभाव कत्ति हुनसक्छ र कत्ति टाढाबाट छोड्न सकिने भन्ने अध्ययन गरी रहेको छ।

यस भन्दा अगाडी ट्याक्टील हतियारको युद्धमा प्रयोग भएको थिएन। रुस र अमेरिका जस्ता आणविक शक्ति राष्ट्रले यो हतियार एकदमै प्रभावकारी हुने तथ्य धेरै पहिले नै पत्ता लगाइसकेका थिए। युद्ध भूमिमा नयाँ र परिमार्जित गर्दै विकास गरिएको परम्परागत हतियारको सहयोगमा यसलाई प्रयोग गर्न सकिने कुरामा शक्ति राष्ट्र ढुक्क छन्।

यसका साथै आणविक हतियार भएको धेरै देश आफूसँग यो हतियार भए पनि प्रयोग गरी हाल्ने जोखिम भने लिन चाहँदैनन्। अहिले रुस पनि ठुला स्ट्रटेजिकल हतियारका साटो साना ट्याक्टीकल हतियारको प्रयोग गर्न नै उद्यत छ।

‘उनीहरू ठूलो आणविक हतियारको थ्रेसहोल्ड पार गर्ने सोचमा पक्कै छैनन्। चातम हाउस थिंक ट्याङ्कका अन्तर्राष्ट्रिय सुरक्षाका प्रमुख डा. पेट्रिसिया लुइसले भनिन् ‘उनीहरूले आफ्नो लक्षित स्थानमा पालै पालो यसको प्रयोग गर्न सक्ने छन्।’

सन् २०२२ को फेब्रुअरीमै रुसका राष्ट्रपति पुटिनले आणविक शक्तिलाई विशेष आणविक तत्परताको रूपमा राखेका थिए। उनले उच्च तहको आवणीक केन्द्र पनि राखेका थिए।

अहिले उनले भनेका छन्, ‘यदि हाम्रो भूभागमा खतरा भयो भने हाम्रो भूभाग र रुसी जनतालाई जोगाउन हामीसँग भएका सबै कुरा प्रयोग गर्न सक्छौ। यो कुनै आश्चर्य होइन।’ रुसले कब्जा गरेर अहिले जनमत सङ्ग्रह समेत गराइरहेको युक्रेनको पूर्व दक्षिण भूभागलाई आफूमा समाहित गर्न चाहन्छ।

पुटिनले ती भूभाग कुनै पनि अर्थमा जोगाउने कुरा बताइसकेका छन्। पश्चिमा देशहरूलाई युक्रेनलाई गरी रहेको सहयोग रोक्नका लागि यो राम्रो दबाब पनि हुन सक्ने छ।

उनीहरूको अर्को चासो यस पछि नै अहिले बराबरीको रूपमा रहेको यो लडाइँको अन्त्य या युक्रेनको आत्मसमर्पण पनि हो। पश्चिमा देशहरूको चिन्ता पनि यसैमा छ।

वासिङ्टन डिसीका आणविक विशेषज्ञ जेम्स अक्सन पुटिनले युक्रेनका सबैलाई त्रसित गराएर युद्धबाट भगाउने योजनाका साथ यसको प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गर्छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई चेतावनी दिइरहेका छन्। युद्धको स्वरूप फेर्न दोस्रो विश्व युद्धमा भए झैँ खराब केही भए यो ठूलो दुर्घटना हुने छ।

अमेरिका र नाटोले पनि कुनै पनि हतियार यस पछि प्रयोग गर्ने जोखिम त छदै छ। उनीहरू आणविक युद्धको पक्षमा त पक्कै छैनन्। रुसलाई अर्को शक्ति राष्ट्र चीनले आणविक हतियार प्रयोग गर्न सल्लाह दिने या नदिने भन्ने द्विविधा नै छ।

लन्डन किङ्स कलेजका आणविक विज्ञ डा. हेथर विलियम्स पनि रुस चीनमा आश्रित नै भएको बताउँछन्। यस अघि चीन आवणीक हतियारबाट टाढै रहेको थियो। यस कारण रुसले यो प्रयोग गरे पनि चीनका लागि उनीहरूको पक्षमा उभिन सहज हुने छैन। विलियम्सका अनुसार यसको प्रयोग गरेमा उसले चीनलाई पनि गुमाउने छ।

रुसले युद्धमा पछिल्लो समय क्षति सहेको छ। आफूले सुरुवाती समयमा जिती सकेका धेरै स्थान गुमाएको छ। एक पछि अर्को हारको सामान गर्दै गएको छ। रुसी सेना विशाल छ। तर, कम प्रशिक्षित छ। युक्रेनको तुलनामा रुस हरेक पाइलामा कमजोर बन्दै गएको छ। केही दिनमा नै खार्किभ युक्रेनले फिर्ता गर्ने सम्भावना प्रबल बनेको छ।

युद्धको विरुद्धमा जनविद्रोह बढ्दो छ। आर्थिक रूपले क्षति बढी रहेको छ। संसारका सबै देशबाट रुस एक्लिँदै गएको छ। अहिले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन साँच्चै अप्ठेरो अवस्थामा छन्। उनी हार चाहँदैनन्। झुक्न पनि चाहँदैनन्। अहिलेको जसरी लामो समय युद्ध अगाडि बढेमा त उनका लागि धेरै कठिनाई सिर्जना भएका छन्। यसबाट उनले तत्काल युद्ध अन्त्य गर्ने चाहना राखेको विश्लेषकहरूले जनाएका छन्।

त्यसो त यो कदम रुसका लागि समेत थप जोखिम हुन सक्ने छ। कमै टेलिभिजन अन्तरवार्ता दिने या टेलिभिजनमा सम्बोधन गर्ने पुटिनले २१ सेप्टेम्बरका दिन टेलिभिजनमार्फत् आफ्नो कुरा राखे पछि यसले संसारलाई नै अचम्ममा पारेको छ। धेरैलाई त्रसित पारेको छ।

विगतमा पनि उनले यसै आशयको अभिव्यक्त नदिएका होइनन्। ती हरेक समय र अहिलेको समयमा भने फरक छ। युक्रेनी सेना अपेक्षाकृत बलियो हुनु मात्र होइन आफ्ना निकट भनिएका देश समेत रुसबाट टाढिएका छन्।

उनले आणविक हतियार साँच्चै प्रयोग गर्ने या नगर्ने भन्नेमा रुसलाई नजिकबाट हेर्नेहरू नै विभाजित छन्। रुसको निम्ति सबैभन्दा कठिन त संसारबाट अहिले नै एक्ली सकेको रुस अझ बढी एक्लिएमा यसले कहिल्यै पुर्नै नसकिने खाडलमा पनि पर्न सक्ने छ।

नाटोको पूर्व नेता रुस गोटेमुलर त पुटिनको वक्तव्य अघि नै यस कुरामा सशङ्कित थिइन्। संसारका कुनै पनि आणविक शक्ति राष्ट्रले सितिमिति पराजयको सामना गरेका छैनन्। यस कारण रुसले आफ्नो पराजय निश्चित ठानेमा कुनै पनि समय आणविक हतियारको प्रयोग गर्ने सम्भावना गोटेमुलरले व्यक्त गरेकी छन्।

धेरैले सन् १९६२ मा क्युबाको ‘मिसाइल क्राइसिस’ पछिको यो सबैभन्दा ठूलो आणविक लडाइँ हुन सक्ने सम्भावनाको बारे विज्ञहरूले चर्चा गर्न थालेका छन्। ‘युरोपियन काउन्सिल अन फरेन रिलेसन’ का गुस्ताभ ग्रेसेलले रुसले युद्धको सुरुवातमा नै आणविक शक्तिको सम्भावना देखाइसकेको थियो।

आणविक हतियार प्रयोग गर्ने या नगर्ने भन्ने कुराको अन्तिम निर्णय त राष्ट्रपति पुटिनमै निर्भर रहने छ। तर, यसका लागि उनले अन्य केही व्यक्तिसँग समन्वय गर्नै पर्ने हुन्छ। पुटिनले रक्षा मन्त्री र त्यहाँको सेना प्रमुखको सल्लाहमा मात्र यो निर्णय गर्न सक्छ।
संसार सित युद्ध सकिएर नयाँ चरणमा प्रवेश गरेको छ। शान्त रहेको अहिलेको विश्वमा रुसी सत्ताले अशान्तको अन्तिम रूप कस्तो हुने हो त्यो भने अझै निश्चित छैन। स्रोत : एलपियास, द गार्जीयान, बीबीसी

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २४ बजे

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर – निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ । अबिरल वर्षाका

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको

वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत हुन एकसाता मात्रै बाँकी छ।