काठमाडौंमा फेरि १२ वर्षीया बालिकामाथि सिरिन्ज आक्रमण « Khabarhub

काठमाडौंमा फेरि १२ वर्षीया बालिकामाथि सिरिन्ज आक्रमण


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा फेरि एक बालिकामाथि सिरिजन्ज (सुइ) आक्रमण भएको छ । स्कुलबाट घर फर्कँदै गर्दा बाटोमा बालिकामाथि आक्रमण भएको हो ।

अभिभावकले सिरिन्ज आक्रमण भएको भन्दै बालिकालाई टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका छन् । अस्पतालका सरुवा रोग विश्षज्ञ डा. शेरबहादुर पुनले अहिले बालिकाको उपचार भइरहेको जानकारी दिए ।

डा. पुनका अनुसार बालिकाको शरीरमा सिरिन्ज आक्रमण भएकोजस्तो देखिने सानो डाम छ । यद्यपि यस विषयमा थप अध्ययन भइरहेको डा. पुनले बताए । कीर्तिपुरकी १२ वर्षीया बालिकासहित अहिलेसम्म ११ जना युवती (महिला)माथि सिरिन्ज आक्रमण भएको छ ।

बिहीबार साँझ मात्रै एक युवती सिरिन्ज आक्रमण भएपछि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

प्रहरीले सिरिन्ज आक्रमणमा संलग्न भन्दै काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंको चावहिलबाट बुधबार राति ३० वर्षीया सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको हो ।

युवती तथा महिलामाथि सिरिन्ज आक्रमण भएको क्षेत्रको सिसिटिभी फुटेजको अध्ययन गरेर आक्रमणकारीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ५२ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान