ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट « Khabarhub

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो ।

अनेरास्ववियुको पहलकदमी र सङ्घर्षले केही महत्वपूर्ण उपलब्धि प्राप्त गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओ.पि.डी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने निर्णय भएको उनले बताए ।

पराजुलीले नेपाली विद्यार्थी आन्दोलन माथि विभिन्न खालका प्रश्नहरू उठी रहेको वेला आम विद्यार्थी समुदायको पक्षमा भएको यो निर्णयले विद्यार्थी आन्दोलनको औचित्य पुर्न : पुष्टि भएको जिकिर गरे । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : १६ बजे

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता