ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट | Khabarhub Khabarhub

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो ।

अनेरास्ववियुको पहलकदमी र सङ्घर्षले केही महत्वपूर्ण उपलब्धि प्राप्त गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओ.पि.डी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने निर्णय भएको उनले बताए ।

पराजुलीले नेपाली विद्यार्थी आन्दोलन माथि विभिन्न खालका प्रश्नहरू उठी रहेको वेला आम विद्यार्थी समुदायको पक्षमा भएको यो निर्णयले विद्यार्थी आन्दोलनको औचित्य पुर्न : पुष्टि भएको जिकिर गरे । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : १६ बजे

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

भोजपुर– भोजपुर नगरपालिका– ४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन