मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि | Khabarhub Khabarhub

मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान् गणेशको पूजा गर्ने गरिएको हो। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गर्ने चलन रहेको छ।

यसरी खुसी बनाउन सकिन्छ गणेशलाई !

बिहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पूजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पूजा गर्ने।

गणेश भगवानको पूजा गर्दा घ्यू अर्पण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान् गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अर्पण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ।

गुलियो खाने कुराहरूबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरू चढाउनुपर्छ।

त्यति मात्रै हैन गणेशलाई खुसी बनाउने पूजा गर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान् गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३३ बजे

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई

सगरमाथा संवाद सुरु

काठमाडौं– ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको

कारको ठक्करबाट दुई महिलाको मृत्यु

कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको