महिला विद्यार्थीका लागि विद्यालय खोल्न तालिबानमाथि चौतर्फी दबाब | Khabarhub Khabarhub

महिला विद्यार्थीका लागि विद्यालय खोल्न तालिबानमाथि चौतर्फी दबाब


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा महिलाहरुका लागि विद्यालय खुला गर्नुपर्ने आवाज अझ सशक्त बन्न थालेको छ ।

महिला विद्यार्थीका लागि विद्यालय बन्द गरेसँगै अफगानिस्तानमा शासन गरिरहेको तालिबानको चौतर्फी आलोचना भइरहेको छ । यस्तो अवस्थामा अफगानिस्तानको टोलो न्यूजले सञ्चालन गरेको अनलाइन सर्वेक्षणमा झण्डै ९० प्रतिशत मतदाताले अफगानिस्तानमा महिला विद्यार्थीका लागि पनि विद्यालय खुला गर्नुपर्ने पक्षमा मतदान गरेका छन् ।

टोलो न्यूजको अनलाइन संस्करणले जनाएअनुसार उक्त टेलिभिजनको फेसबुक र इन्स्टाग्राम पेजमा २४ घण्टाका लागि अनलाइन सर्वेक्षण गरिएको थियो ।

फेसबुकमा सञ्चालित सर्वेक्षणमा ३४ हजार १ सय जनाले मतदान गरेको र यीमध्ये ८९ दशमलब ७ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेको उक्त टेलिभिजनले जनाएको छ ।

फेसबुकमा मतदान गर्ने १० दशमलब ३ प्रतिशतले महिला विद्यालय खुला हुनुपर्ने विषयको विपक्षमा मतदान गरेका थिए ।

त्यसैगरी इन्स्टाग्रामको सर्वेक्षणमा ९ हजार ८ सय २० जनाले सहभागिता जनाएको टोलो न्यूजले जनाएको छ । यीमध्ये ९२ प्रतिशतले महिलाका लागि विद्यालय खुला हुनुपर्ने पक्षमा मतदान गरेका थिए । ५ प्रतिशतले विपक्षमा र ३ प्रतिशतले थाहा छैन भन्ने विकल्पमा मतदान गरेको जनाइएको छ ।

यसअघि तालिबानको नेतृत्वमा रहेको शिक्षा मन्त्रालयले साँस्कृतिक कारणले गर्दा महिला विद्यार्थीका लागि विद्यालय बन्द गरिएको जनाएको थियो ।

तालिबानले बारम्बार आफूहरु महिला शिक्षाको विपक्षमा नभएको बताउँदै आएपनि महिलाका लागि विद्यालय कहिले खुल्छन् भन्ने अझै अन्यौल रहेको टोलो न्यूजले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५३ बजे

जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई

दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने

काठमाडौं- दक्षिण अफ्रिकी चर्चित क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर

ल्यान्डफिल्ड साइटका स्थानीयले भने : बालेन्द्रसँग अब विश्वास छैन, कुलमान नै बन्चरेडाँडामा आउनुपर्छ

काठमाडौं- बन्चरेडाँडामा फोहोर फ्याँक्ने क्रम रोकिएपछि काठमाडौंमा खैलाबैला भएको छ।