आश्रममै दशैँ | Khabarhub Khabarhub

आश्रममै दशैँ


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

तानसेन– आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउ गाउँपालिका-४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा  गत वर्षदेखि तानसेन  वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्छन् । ‘अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ’, फुलसा भन्छन्, ‘पोहर मेरो आँखा दुख्यो, केही देखिन, गाउँलेले आश्रममा ल्याएर छाडे ।’ 

ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दशैँमा आश्रममै बस्ने बताउँछन् । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र अशक्त आश्रित छन् । उनीहरूमध्ये अधिकांशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उनहरूलाई सबै दशैँको कुनै रौनक छैन ।

रामपुर-७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका हुन् । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । ‘छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु’, उनी भन्छन् । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ ।

तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाएका तिनाउ-४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे , ‘पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ’, गहभरि आँशु पार्दै उनले भने, ‘क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगे।’ निको नहुञ्जेल घर नजाने उनले बताए ।

आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।’

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : २९ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त