रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी | Khabarhub Khabarhub

रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको एकडारास्थित रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी भएका छन् ।

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट बिहीबार राति ७ लाख ५ हजार मूल्य बराबारका ३ ओटा मूर्ति चोरी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले चोरहरुको एक समूहले मन्दिरबाट ३ ओटा मूर्ति चोरेको बताए ।

सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५÷१५ किलोग्रामका डेढ÷डेढ फिटको भगवान रामको सीता र लक्ष्मणको मूर्ति चोरिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रहरीले चोरहरुको खोजी भइरहेको जनाएको छ । ‘चोरी भएको खबर पाउनसाथा हामीले खोजी कार्य तीब्र पारेका छौं,’ डिएसपी बुढाथोकीले भने, ‘उनीहरु छिट्टै पक्राउ पर्छन् ।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ५९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा

हेडलाइन :सहायक भूमिकामा फ्लप फिल्मको ह्याट्रिक हानेकी गरिमा, अब ‘जन्ते

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल