इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाकार्ता– इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन् ।

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।

“अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,” स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ३६ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का