समानुपातिकको सूचीमा माओवादीभित्रै छलफल भएन | Khabarhub Khabarhub

समानुपातिकको सूचीमा माओवादीभित्रै छलफल भएन

‘जनताको माग एकातिर छ, हाम्रो दौडधुप र छलफल अर्कैतिर छ’


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : निकै लामो दाउपेच र रस्साकस्सीपछि सत्ता गठबन्धन सिट बाँडफाँडको गृहकार्यलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन् । असोज १६ भित्र समानुपातिक तर्फका उम्मेदवारको प्रारम्भिक सूचि संशोधनको अन्तिम समय सीमा रहेको र असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयनको समय रहेकाले गठबन्धनका दलहरू पुर्ववत अडानबाट पछि हट्दै सहमति नजिक पुगेका हुन् । तर उनीहरूले प्रत्यक्षतर्फ अर्थात् प्रतिनिधि सभाको लागि १६५ निर्वाचन क्षेत्रमध्ये केही बाहेकमा सहमति जुटाएको दाबी गरेपनि प्रदेशसभातर्फ कसले कति सिट पाउने भन्ने अझै पनि सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनभित्रको कुरा किन यति धेरै पेचिलो बनेको छ ? यसै विषयमा आधारित भएर माओवादी केन्द्रका नेता तथा उपमहासचिव हरिबोल गजुरेलसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

यो सिट बाँडफाँड धेरै लम्बियो, यसको सहमति ठ्याक्कै कहिले हुन्छ ?
यसको छलफल धेरै लामो भएको छ । पहिला सङ्घको निर्वाचन प्रति बढी केन्द्रित भयो र धेरै छलफलहरू पनि भयो बाँकी भएको त्यसलाई प्रदेशसँग जोडेर समाधान होला भनेर जोडेर छलफल हुँदैछ । त्यसैले यो जटिल भएको हो । जनता र काम भन्दा पनि दलहरू चुनाव केन्द्रित भएर पनि यो जनता केन्द्रित गराउने भनेर समय धेरै लागेको हो । अहिले चुनाव किन धेरै खर्चिलो हुँदै गएको छ, त्यसलाई सबै दलहरू बसेर छलफल गर्नु पर्दछ । संविधान र जनताको रक्षा गर्ने प्रकृतिको हिसाबले सिट बाँडफाँड गर्नुपर्दछ । जनताको आवश्यकता एकातिर छ, हामीहरूको गन्थन मन्थन अर्कोतिर गएका जस्तो भएको छ । किन यस्तो हुँदैछ हिजो यस्तो हुँदैनथ्यो । यो तुरुन्तै समाधान त हुँदैन समय लाग्छ थोरै नजिक पुगिसकेको छ । अब चाँडै यो टुङ्गिन्छ ।

कांग्रेसको शेखर कोइराला समूहले यो यस्तै स्थिति रह्यो भने हामी गठबन्धनलाई असहयोग गछौँ र हाम्रा उम्मेदवार खडा गछौँ भन्ने सम्मको धम्की दियो । यसले तपाईँहरूलाई कुनै फरक परेको छैन ?
कि त गठबन्धन गर्नु भएन । गठबन्धन आवश्यकता छैन भन्नु पर्यो । कांग्रेसले गठबन्धन आवश्यकता छ भनेको छ । अहिलेको अवस्थामा दलहरू आफूलाई धेरै सिट माग गर्ने तर गठबन्धन आवश्यक छ पनि भन्ने छ ।

अनि माओवादीभित्र पनि अध्यक्षले सरासर आफ्नो मन खुसी गरेर एक्लै गोप्य बैठक गर्दै हिँड्ने गर्न थाल्नु भयो भने तपाईँहरूलाई पनि चित्त बुझ्दैन होला नि ?
यो समानुपातिकको सूची तयार गर्दा पहिला प्रारम्भिक लिस्ट बनाएर सहमतिमा जानु पर्दथ्यो त्यो गरिएन । त्यसमा हाम्रो असहमति छ ।

साँच्चै भने जस्तो शेखर कोइराला र गगन थापाको समूहले गठबन्धनलाई सहयोग गरेन भने के हुन्छ ?
त्यसो गर्दैनन् । गठबन्धन आवश्यक छ भनेर उहाँहरूले भन्नु भएको छ । त्यो हिजो पनि चलेको थियो । आज पनि चल्छ । कँहीकँही यसको समाधान हुन्छ ।

राष्ट्रपतिको कदमपछि चुनाव नै नहुने हो कि भन्ने आशङ्काहरू बढ्न थाले नि ?
राष्ट्रपतिको कदमले यो आस्था सिर्जना गरेको छ । चुनावको बेला जहिले पनि यस्तो कुराहरू आइरहन्छन् । तर चुनाव हुन्छ । आफ्नो स्वार्थ भएन भने चुनाव सारेका पनि छन् ती कुराहरूले पनि यस्तो आशङ्का भएको छन् । तर हामीले चुनाव गराउनु पर्दछ । अरु कुनै हामीसँग उपाय छैन ।

राष्ट्रपतिको कदम विरुद्ध तपाईँहरू अदालतको शरणका पुग्नु भएको छ, अब अदालतलाई नै कुर्ने हो कि अरु कुनै उपाय छ ?
संवैधानिक कानुनी कुराहरू त अगाडि बढिहाल्छ । अरु कुनै उपाय छैन । त्यो विषयमा अन्तिम निर्णयमा दलहरू कसरी जाने भनेर दलहरूले अन्तिम निर्णय गरेको छैन । हामीले राष्ट्रपतिसँग जोरी खोजेर पनि समस्या तुरुन्त समाधान हुँदैन ।

तपाईँहरू गठबन्धनको फेरो समातेर कहिलेसम्म हिँड्ने आफै एक्लै कहिले उभिने त ?
निर्वाचनको प्रक्रियामा गठबन्धन रहन्छ । कि त निर्वाचनको प्रकृति नै बदल्नु पर्दछ । पश्चगामी शक्ति संविधान विरोधी शक्ति जसले संविधान माथि खेलबाड गर्ने काम गर्छ । त्यसलाई रोक्नको लागि बनेको हो ।

गठबन्धनले बहुमत ल्याएको अवस्थामा चुनावपछिको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की शेरबहादुर देउवा ?
यो हामीले विषयमा छलफल गरेका छैनौँ । विभिन्न प्रकारका धारणहरू बाहिर आएका छन् तर पार्टी भित्र आधिकारिक रूपमा भएको छैन । प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा छ भन्नु भएको छ । तर उहाँले पनि समझदारीमा जाने भन्नु भएको छ । संविधान भने पछि माओवादी हुनुपर्थ्यो । तर त्यो नहुँदा पार्टी विभाजन भयो । नकारात्मक घटनाहरू घटे ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ३० बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको