एन्फाको विशेष साधारणसभा आज हुँदै, दुई सदस्यको टुंगो लगाइने | Khabarhub Khabarhub

एन्फाको विशेष साधारणसभा आज हुँदै, दुई सदस्यको टुंगो लगाइने


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हुँदैछ ।  त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधारणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।

असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधारणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो ।
चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधारणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।

जसअनुसार रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, दीपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।

असार ६ को चुनावी साधारणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दीपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरूमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द, टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : २० बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको