भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउँछ : लुम्बिनी प्रदेश प्रमुख शेरचन | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउँछ : लुम्बिनी प्रदेश प्रमुख शेरचन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्न सके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”

आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उनले जनतालाई महसुस हुने गरी काम गर्न सुझाव दिए । “तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाईंहरूलाई कानुनले अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाई कारबाही गर्नुस्”, उनले भने ।

जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारवाही प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरे । सडक निर्माणलगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उनको जोड छ ।

प्रमुख शेरचनले जनताले अरुबाट आशा गर्न छोडे पनि अख्तियारमाथि अझै भरोसा रहेकाले त्यो भरोसा रहने गरी काम गर्न सुझाव दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

उनले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा नौ सय उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी गराए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ३६ बजे

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले