दक्षिण अफ्रिकामाथि भारतको जित « Khabarhub

दक्षिण अफ्रिकामाथि भारतको जित


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो टी२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६।४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको हो ।

भारतका ओपनर केएल राहुलले अविजित ५१ र सुर्यकुमार यादवले अविजित ५० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ९ : २७ बजे

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री