'देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन्' | Khabarhub Khabarhub

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन्’


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १ : ४५ बजे

एमाले बागमती प्रदेशका वडाअध्यक्षहरूको भेला आजदेखि, प्रधानमन्त्रीले उद्‌घाटन गर्ने

काठमाडौं– नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आज सुरु

चीनमा नेपाली संस्कृति प्रदर्शन

चीन– नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि साङ्गीतिक तथा

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडौं– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँचदिने जापान भ्रमण उपलब्धिमूलक

दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी

काठमाडौं – नयाँ युद्ध पानीजहाज लन्च गर्ने समयमा भएको विष्फोटको