भारी वर्षाले घरमा क्षति  | Khabarhub Khabarhub

भारी वर्षाले घरमा क्षति 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– भारी वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए । 

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ । यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए ।

कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छन्न । हाल क्षतिको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतिको जानकारी नआएको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ४ : २० बजे

साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक

विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङ्को निबन्धकृति ‘शब्दथुम’ लाई

सुनसरी- कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’

युवा माझ ह्यारिसको सम्बोधन- यो तपाइहरूका लागि राजनीति होइन, जीवन हो 

न्युयोर्क– अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले मेडिसिनमा रहेको

कुलमानलाई नियमन आयोगको साथ, बक्यौता उठाएर मात्रै उद्योगमा लाइन जोड्न पत्राचार

काठमाडौं– विद्युत् नियमन आयोगले उद्योगीहरूसँग बक्यौता उठाउने सन्दर्भमा नेपाल विद्युत

सुनको मुल्यमा आजपनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- आज सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ