नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग | Khabarhub Khabarhub

नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई वर्षअघि घोषणा भएको फिल्म नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ। रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ।

यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ। फिल्म ‘नालापानी’ले बिहीबार आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशकसँगै फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले फिल्मलाई सोलो रिलिज गर्न दिनुपर्ने माग राखे।

निर्देशक अधिकारीले नौ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको खुलाउँदै फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे। कार्तिक ४ लाई पहिलोपटक आफूले नै फिल्म रिलिज गर्ने मितीका रुपमा उल्लेख गरेको दाबी गर्दै ऐतिहासिक महत्वको फिल्मलाई सोलो रिलिज गर्ने अवसर नदिनु दुःखको कुरा भतएको बताए।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मलाई सोलो रिलिजको प्रबन्ध मिलाउन संघको तर्फबाट प्रयास भइरहेको बताए। ‘नालापानीको युद्धमाथि फिल्म बनाउनु चानचुने कुरा होइन। यस्तो फिल्मको प्रदर्शनका लागि सबैले सहयोग गर्नुपर्छ’, उनले भने।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए। ‘यस्तो खालको फिल्म भविष्यमा बन्दै होला। इतिहासको विषयमा बनेको यो फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा हो। त्यसैले यो फिल्मलाई विशेष प्रदर्शनको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्छ,’ उनले भने।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी र विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ३७ बजे

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक