महानगरले फोहर फाल्न स्थान पहिचानको काम गर्दै  | Khabarhub Khabarhub

महानगरले फोहर फाल्न स्थान पहिचानको काम गर्दै 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ । 

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अध्ययन सुरु गरेको हो । कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ ।’ 

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ ।  

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ । हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ३१ बजे

राज्य अनुत्तरित हुनुहुन्न, युवाको ऊर्जा र प्रतिभाबाट लाभ लिनुपर्छ

अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षको हुन्छ । नेपालको सन्दर्भमा

लेखक बन्नभन्दा पहिले राम्रो पाठक हुनुपर्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न

जमिनमुनिको पानी बचाउन योजनाबद्ध काम गर्न आवश्यक : विमलेन्द्र निधि

धनुषा– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तिनै तहका सरकारबीच सहकार्य

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा

गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको