बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव « Khabarhub

 बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका र पशु प्राविधिकहरूले संयुक्त रुपमा अनुगमन गरेका हुन् । याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्यांग्रा ल्याएको छ ।

प्राविधिकहरूले ति भेडा च्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्यांग्रा अस्वस्थ देखिएको छ । ‘अस्वस्थ भेडाच्यांग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं । केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने । समितिले  १५ वटा भेडा, च्यांग्राको नमुना परीक्षण गरेकोमा स्वस्थ भेटिएको छ । पशु प्राविधिकहरूले गरेको परीक्षणमा केही भेडाच्यांग्रामा पीपीआर देखिएको थियो ।

पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ । ‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन । तर स्वस्थ नै छान्नुपर्छ । हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो ।’

यसपालि भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ । मूल्य निश्चित गर्न सके उपभोक्तालाई मर्का नपर्ने उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

‘व्यवसायिलाई जति मन लाग्यो उति मूल्य पर्छ । यसको निर्धारण गर्ने एउटा विधि बनाइनुपर्छ,’ उनले भने, ‘सरोकारवाला निकायले भेडाच्यांग्राको मूल्य निर्धारण गर्नुपर्छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ४१ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै