थामी समुदायमा अझै रोकिएन बालविवाह « Khabarhub

थामी समुदायमा अझै रोकिएन बालविवाह


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रामेछाप– नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन । विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ । अभिभावकको सहमतिमा १८ वर्ष र अभिभावकको सहमतिबिना २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा बालविवाह मानिन्छ । कानूनले विवाहका लागि उमेर हद तोके पनि रामेछापको दोरम्बा गाउँपालिका–१ को थामी समुदायमा १३/१४ वर्षकै उमेरमा विवाह गर्ने चलन छ । थामी समुदायका बालबालिकाले माध्यमिक तहसम्मको शिक्षा पनि प्राप्त गर्न सकेका छैनन् । त्यसैले उनीहरूको चेतनास्तरमाथि उठ्न सकेको छैन । 

आफ्नो निर्णय गर्न सक्ने क्षमता र बालविवाह गर्दा हुने बेफाइदाका बारेमा आफ्ना अभिभावकलाई बुझाउन नसक्दा उनीहरूमा बुबाआमाले भनेको मान्नैपर्ने बाध्यकारी अवस्था छ । मुस्किलले प्राथमिक तहसम्मको अध्ययन गर्ने गरेका सो समुदायका बालबालिकाको सानै उमेरमा विवाह भएपछि विद्यालय छाड्ने दर पनि बढ्दै गएको छ । विवाहपछि अभिभावकले विद्यालय नपठाउने र काममा खटाउने गरेको स्थानीय डिकबहादुर थामीले बताए। थामी समुदायमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ०६ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा