लमजुङमा पर्यटकको चहलपहल बढ्दो « Khabarhub

लमजुङमा पर्यटकको चहलपहल बढ्दो


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङका पर्यटकीय गाउँमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।

पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो। दशै बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन्।

होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन्। पछिल्लो समय लमजुङ ग्रामिण पर्यटनको हबसमेत बन्दै गएको छ।

सार्कराष्ट्रकै नमूना स्मार्ट भिलेज घलेगाउँ ,काउलेपानी होमस्टे, राइनासकोट होमस्टे ,बेसीशहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिबेला पर्यटकहरु पुगेका छन्।

घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गाउँमा पर्यटकको सङख्या बढेको बताए। पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन्।

यस्तै, लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ। अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ३४ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा