उपराष्ट्रपतिद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना « Khabarhub

उपराष्ट्रपतिद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भने, । ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : १० बजे

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी