प्रत्यक्ष उम्मेदवारमा सात सयको नाम सिफारिस | Khabarhub Khabarhub

प्रत्यक्ष उम्मेदवारमा सात सयको नाम सिफारिस


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए । 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि करिब सात सय उम्मेदवारको नाम सिफारिस भएको छ । पार्टीले समान विचार भएका राजनीतिक दल तथा समूहसँग एकीकरणका साथै गठबन्धन गर्न केही दलसँग औपचारिक तथा अनौपचारिक छलफलसमेत सुरु गरेको छ । उक्त पार्टीले नेकपा (एमाले) सँग पनि चुनावी गठबन्धनका लागि वार्ता गरिरहेको जनाएको छ । 

गठबन्धनका लागि सिट बाँडफाँड भएपछि मात्र पार्टीले प्राप्त गर्ने सिट र क्षेत्र निर्धारणका आधारमा उम्मेदवारलाई टिकट वितरण गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : २२ बजे

आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा