राजश्व छली गर्ने तीनजना विरुद्ध मुद्दा दायर « Khabarhub

राजश्व छली गर्ने तीनजना विरुद्ध मुद्दा दायर


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

राजश्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको मैनालीले जानकारी दिए । अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले रु दुई करोड ३२ लाख २१ हजार बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबी गरिएको जनाएको छ ।

उनीहरुले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने प्रपञ्च रचेको विभागको आरोप छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ३६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी