राजश्व छली गर्ने तीनजना विरुद्ध मुद्दा दायर « Khabarhub

राजश्व छली गर्ने तीनजना विरुद्ध मुद्दा दायर


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

राजश्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको मैनालीले जानकारी दिए । अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले रु दुई करोड ३२ लाख २१ हजार बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबी गरिएको जनाएको छ ।

उनीहरुले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने प्रपञ्च रचेको विभागको आरोप छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ३६ बजे

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव