फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते | Khabarhub Khabarhub

फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १८० जना घाइते भएका छन्।

पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

खेलपछि हार्ने टोलीको समर्थक मैदानमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। जसका कारण निसास्सीएर धेरैको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीको खबरमा उल्लेख छ।

मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन्। इन्डोनेसियाको फुटबल एसोसिएसन (पिएसएसआई)ले घटनाको अनुसन्धान गर्ने बताएको छ। घटनापछि बीआरआई लिग एक हप्ताको लागि स्थगित भएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०८ बजे

आँबुखैरेनीबाट पेस्तोलसहित दुई युवा पक्राउ

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित

विद्यालय शिक्षा विधेयबारे शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई ६ प्रश्न

काठमाडौं- संघीय संसद्को शिक्षा, सूचना तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले

निजी विद्यालयलाई के गर्ने ? प्रधानाध्यापक र शिक्षकलाई कसो गर्ने ?

काठमाडौं– पछिल्लो समय देशमा सघन बहस भइरहेको विषय हो– माध्यमिक

इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु : एलटीटीईसँग गुरिल्ला युद्ध सिके, बस्दा-बस्दै रकेट लञ्चर बनाउँथे

नयाँदिल्ली- भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नंबाला केशव राव