श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामू २०४ रनको कमजोर लक्ष्य « Khabarhub

श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामू २०४ रनको कमजोर लक्ष्य


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको झिनो लक्ष्य दिएको छ ।

दी रिभरसाइड दुर्हाममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले तीन बल बाँकी रहँदा सबै विकेट गुमाएर २०३ रन मात्रै बनाउन सक्यो ।

शुरुवातदेखि नै विकेट गुमाएको श्रीलंकाका लागि कुनै पनि ब्याट्सम्यानले ३० रन बटाउन सकेनन् । श्रीलंकाविरुद्ध उत्कृष्ट बलिङ गरेको दक्षिण अफ्रिकाका लागि ड्याने प्रेटोरियसले कसिलो बलिङ गरे ।

श्रीलंकाका लागि अभिष्का फेर्नान्डो र कुसल परेराले समान ३०–३० रन बनाए । यस्तै, धनन्जय डे सिल्भाले २४ रन, कुसल मेन्डीस २३ रन बनाउँदा थिसर परेराले २१ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङको निर्णय गरेको दक्षिण अफ्रिकाका लागि ड्याने प्रेटोरियसले ३ विकेट लिए भने कागिसो रबाडा र क्रिस मोरिसले समान २–२ विकेट लिए भने आन्दीले फेह्लुक्वायो र जेपी डुमिनीले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ०७ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न