महाकाली राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते | Khabarhub Khabarhub

महाकाली राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी- महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा अटो रिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय  धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र  नौ वर्षीय जनक थलाल रहेका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए ।

गोकुलेश्वरबाट देहिमाडाँैतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो । महाअष्टमीमा यात्रु आज  देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका अटो रिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटो रिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १२ : ३२ बजे

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

सियोल – दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना

भूमिसम्बन्धी नीति ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास

बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने

कास्की – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब