राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन  | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन 


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआजा गरेकी छन्।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्।

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठ मध्येको एक हो ।

काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : ५१ बजे

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

सियोल – दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना

भूमिसम्बन्धी नीति ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास

बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त