बैतडीको भगवती मन्दिरमा बलिसहित जात्रा « Khabarhub

बैतडीको भगवती मन्दिरमा बलिसहित जात्रा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहित  जात्रा हुँदैछ । दशरथचन्द नगरपालिका– २ देहीमाडौँमा रहेको उक्त  मन्दिरमा  आइतबार विषेश पूजाआजासहित जात्रा सुरु भएकामा आज पशु बलि हुन लागेको हो । 

निङगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भई महासप्तमीको अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा भएको छ । हरेक वर्षको महाष्टमीमा निङलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पुर्‍याउने चलन रही आएको छ ।

महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडमै बढी सङ्ख्यामा यहाँ पशुबलि दिइन्छ । निङलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा-टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय रमेश बोहराले बताए । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका छन् । निङलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

निङ्लाशैनी भगवती मन्दिरमा एक वर्षमा चार पटक जात्रा हुने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । यसैबीच निङ्लाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

मेला अवधिभर देहीमाडौँ बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । मदिरा सेवन र बिक्रीका कारण विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दसैँको अवधिसम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई कानुनी कारबाही गरिने समितिले जनाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : २७ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६