बझाङमा ड्रागन खेतीको तयारी « Khabarhub

बझाङमा ड्रागन खेतीको तयारी


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर  चैतमा रोपेको धान साउनमा फलेको थियो । त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए ।

धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उनी बताउँछन् । 

‘कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुनसक्छ,’ उनले भने, ‘बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा  भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।’

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । ‘अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ,’ उनले भने, ‘गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच-पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।’

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । ‘एउटै बिरुवालाई एक हजार पाँच सय जति पर्छ,’ उनले भने, ‘यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।’

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : ४५ बजे

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको