एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर « Khabarhub

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाएता पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये  महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् ।

क्षेत्र न.१ को  क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ ।यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नम्बर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाई मनोनित गरिएको छ भने  भानुभक्त पोखरेललाई जनसांस्कृतिक महासंघ  मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा  र गुन्ज खड्कालाई  सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशबाट निर्णय भएसँगै  शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एक/एक  जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : १९ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र